काठमाडौँ, ८ जेठ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई १ सय ४९ जना सांसदको समर्थन रहेको पाइएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले दिएको समय सिमाभित्रै देउवा सहितका नेताहरु शितलनिवास पुगेका हुन् ।
संविधानको धारा ७६ को उपधारा(५) अन्तर्गत सरकार गठनका लागि उनीहरु शितलनिवास पुगेका हुन् ।
एमाले असन्तुष्ट पक्षका २७ जनासहित १४९ सांसदहरुको हस्ताक्षर बोकेर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाललगायत यतिबेला शितल निवासमा पुगेका छन् ।