एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट गर्न आतुर रहेको बताएका छन् । यद्धपी उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा चर्चा हुनुपर्ने उनको सर्त छ ।
शनिबार ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति बाइडन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ–इनबीच द्वीपक्षीय वार्ता भएको थियो ।
सोही वार्ताका क्रममा दुई देशबीच कोरियाली प्रायदीपममा प्रमाणु हतियार मुक्त हुनुपर्ने विषयमा छलफल भएको हो ।
बाइडनले परमाणु कार्यक्रम छाड्नका लागि उत्तर कोरियाका लागि मुश्किल हुने समेत दाबी गरे । उनीहरु दुईबीच उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण पैदा भएको खतरा र पूर्वी एशियामा बढ्दै गएको चीनको प्रभुत्वको विषयमा छलफल भएको थियो ।
छलफलपछि आयोजित सार्वजनिक प्रेस ब्रिफिङमा बाइडनले कोरियाली प्रायद्वीपमा पुरै परमाणु निरस्त्रीकरण गर्नु आफ्नो उद्देश्य रहेको बताए ।
‘म किम जोङ उनसँग भेट्न तयार छु । तर उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रमका बारेमा वार्ता गर्न तयार हुनुपर्छ,’ उनले भने,‘म त्यस्तो केही गर्ने छैन जो आजभन्दा पहिले भइसकेको छ । म उनलाई त्यो दिन सक्दिनँ जो उनीहरु चाहान्छन् । जस्तो की अन्तर्राष्ट्रिय स्तरमा उनीहरुको कार्यक्रमको स्विकृती ।’