वाइसिएलद्वारा देशैभर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन !

दियोपोस्ट संवाददाता

काठमाण्डौ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसिएल नेपालले देशैभरि राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के पी शर्मा ओली विरद्ध पदर्शन गरेको छ । उनीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको छ ।

काठमाण्डौ,भक्तपुर, ललितपुर लगायत देशैभरि पुत्ला दहन गर्ने कार्य भएको वाइसिएल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा ुदीपशिखाले जानकारी दिए ।
उनले संकटको घडीमा राष्ट्रपति भण्डारी ओलीले सुनियोजित रुपमा संसदका हत्या गरेको बताए ।

प्रधानमन्त्री र राष्ट्रपति देशी विदेशी शक्तिको इसारामा देशको बेहाल बनाएको र संविधान र जनताको हुर्मत लिएको उनको आरोप छ ।

सम्बन्धित खबर