शैलेन्द्र थापाको मुक्तक संग्रह ‘भोगाइ’ को लोकार्पण

दियो पोस्ट  

काठमाडौं । साहित्यका विविध क्षेत्रमा कलम चलाउने सर्जक शैलेन्द्र कुमार थापाको दोश्रो कृति मुक्तक संग्रह भोगाइको लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ। थापाको मुक्तक संग्रह “भोगाइ”को लोकार्पण गत ज्येष्ठ २० गते चिल्ड्रेन मोडर्नस्कुल बालुवाटारको सभाहलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेसका महामन्त्री माननीय गगन कुमार थापासहित विशेष अथितिहरु मुक्तककार मदन नेपाल,बद्रि उप्रेती, समाज सेवी हुतराज बस्नेत,लिला ध्वज थापासाहित्य प्रतिष्ठानका अध्यक्ष विजय ध्वज थापा,लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा केही थान मुक्तक वाचन समेत गरिएको थियो ।

सर्जक थापाले पहिलो कृति अनुभूति गजल संग्रह २०७२ मा गरिसकेका छन् । भोगाइ”मुक्तक संग्रह थापाको दोस्रो कृति हो। यस कृतिका प्रकाशक उनका दाजु महेन्द्र कुमार थापा छन्, भने पुस्तक प्रकाशनमा सहयोगीको रुपमा दाजुहरु पार्थराज थापा, ओमराज थापा रहेका छन् । लोकार्पण कार्यक्रमको सभापतित्व सुरेश वैद्यले गरेका थिए। कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले गजल र सर्जक प्रति आ–आफ्नो धारणा व्यक्त गरेका थियो ।

आज भन्दा ६४ वर्ष पहिले सोलुखुम्बु जिल्लाको साविक सल्यान गा.वि.स.वडा नम्बर ९ खाल्पामा पिता स्व। भीमराज थापा तथा माता स्व. रेन्द्रेस्वरी थापाका कनिष्ट पुत्रका रूपमा कृतिकार थापाको जन्म भएको थियो ।

केही प्रतिनिधी मुक्तकहरू

राम राज्यको कुरा गर्यौ रावणको पथमा चल्यौ

आफन्तलाई टाढा देख्यौ परचक्रीको पाउ मल्यौ

नजिककाई भुत ठान्यौ व्यस्त छौ पराई पुज्न

तेही भएर हे बडाहरू हाम्रा निम्ति सड्यौ गल्यौ ।।

फर्क फर्क हे विदेशिएका पौरखी हातहरू

मेटाउनु छ मुलुकबाट अन्धकार रातहरू

लुला र बुढाले सकेनन् समस्या छिचोल्न

आउनै पर्छ पन्छाउन समस्याका खातहरू ।।

जीवन हो यो आशामा बाँचेको छ

केही होला की मनमा साँचेको छ

तर सर्वत्र यहाँ निराशा पस्किनाले

यत्र तत्र दुनियाँको मन भाँचेको छ ।।