पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु

दियो पोस्ट

नवलपरासी । नवलपरासी(पश्चिम)मा खोलामा डुबर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिका–४ घैयाबारीस्थित तिनतले तारी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–३ बस्ने १९ वर्षीय प्रशान्त धरिकार रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको बिहीबार दिउँसो क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस