विश्वकप छनोट : जिम्बावेविरूद्ध कुशलको अर्धशतक

दियो पोस्ट  

काठमाडौं । जारी आईसीसी विश्वकप छनोटमा नेपालले घरेलु टिम जिम्बावे विरुद्ध ब्याटिङमा उत्कृष्ट सुरुआत गरेको छ ।

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले २२.५ ओभरमा विकेट नगुमाई सय रन पुरा गरेको हो । ओपनर कुशल भुर्तेलले ७१ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६० रन बनाउँदा आसिफ शेखले आसिफ ६६ बलमा ३३ रन बनाए ।

यो समाचार लेखिसक्दा नेपालले २४ ओभरको समाप्तिमा १ सय ११ रन बनाएको छ ।