ब्याकराउन्ड तस्विर न्युज एजेन्सी नेपालबाट साभार
ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानिय सरकारका पदाधिकारी विरुद्ध इतिहासमा पहिलो पटक एक अर्ब हाराहारीको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुरको गोदावरी नगरपालिकाका तत्कालिन मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राजस्व चुहावट गरी सरकारी हानीनोक्सानी पु¥याएको आरोपमा महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
महर्जनसहित नगरपालिकाका तत्कालिन उपप्रमुख मुना अधिकारी, प्रमुख पशासकीय अधिकृत कृष्ण प्रसाद जैसी, राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श समिति सदस्य सचिव श्रीराम आचार्य, कर्मा कन्ट्रक्सनका सञ्चादक रवि महर्जन, निराकार ढुंगा रोडा उद्योग प्रा.लिका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रा.लिका सञ्चालक केदनर ना तिमल्सेना, सजिलो रोडा ढुंगा उद्योग प्रा.लिका सञ्चालक शशिराज शाही र विरेन्द्र महर्जन ढुंगा उद्योग प्रा.लिका सञ्चालक विरेन्द्र महर्जन विरुद्ध अदालतमा मुद्दा दायर भएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कमगरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पु¥याएको अभियोग उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरूविरूद्ध एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गरेको छ ।