
विराटनगर — विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले आइतवार विहान कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन् ।
मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । त्यही विरोधमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले कार्यालयतर्फ गइरहेको योजना आयोगको गाडीमा तोडफोडपछि आगजनी गरेका हुन् ।
निजी स्कुलहरुले मनपरि शुल्क असुलेको विरोधमा गत बिहीबार विद्यार्थी समूहले रंगेली नगरपालिका तोडफोड समेत गरेका थिए ।
विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए । कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १-००१ ञ २७०१, प्रदेश १-००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए । तोडफोडबाट गाडी फुटेको शिशा फुटेको छ ।