त्रिशूली नदी किनारमा बस खस्दा २० घाइते, पाँच गम्भीर  

दियोपोस्ट संवाददाता  

धादिङ ।  नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे.१ख ४०६० नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो ।

कारलाई जोगाउन खोज्दा बस नदी किनारमा खसेको प्रत्यक्षदर्शीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

रासस