भोलिदेखि ५०औं ठाउँबाट जुलुस निकाल्ने राप्रपाको चेतावनी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतलाई पक्राउ गरेको भन्दै रिहा नगरेसम्म धर्ना जारी रहने बताएको छ । राप्रपाले कमल थापालाई रिहा नगरे भोलिदेखि ५० औँ स्थानबाट जुलुस निकाल्ने चेतावनी दिएको हो ।

थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीको रुपमा नलिन सरकारलाई चेतावनी दिए । ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठान्नुहुन्छ भने हामी आगामी दिनमा ५०औं ठाउँबाट जुलुस निकाल्नेछौं,’ उनले भने, ‘कमल थापालाई ससम्मान रिहा गर्नुपर्छ ।’

उनले ‘लुटतन्त्रविरुद्ध सडक आन्दोलनु बढाउनुपर्ने बताए । राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था समर्थक विभिन्न समूहले जेठ १५ देखि राजसंस्था पुनस्थापनालगायत माग राखी प्रदर्शन गर्दै आएका छन् ।

हाल नक्साल(नारायणचौरमा राप्रपा, राप्रपा नेपालका नेता तथा कार्यकर्ता धर्ना दिइरहेका छन् ।

 

सिफारिस