
काठमाडौं । काइयी मोटर्स नेपालका आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले वातावरणमैत्री र उत्साहजनक ग्राहक कार्यक्रम ‘ग्रीन व्हील्स टु मार्बल हिल्स’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा काइयीका इलेक्ट्रिक मोडेलहरू – काइयी एक्स३ प्रो, ई–क्युट ०२ र ई–क्युट ०४ को प्रयोग गरी काठमाडौंको थापाथलीबाट र्याली सुरु गरिएको थियो।
उक्त र्याली गोदावरी पुगेर मार्बल हिल्ससम्मको पदयात्रामा परिणत भएको थियो। दिगो यातायात र वातावरणीय उत्तरदायित्वको महत्वलाई उजागर गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा ८० भन्दा बढी ग्राहकहरूकाे उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा वृक्षरोपण अभियान सञ्चालन गरिएको थियो। सहभागीहरूले मार्बल हिल्स क्षेत्रमा सामूहिक रूपमा ७० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेका थिए।
यस वृक्षरोपणले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याउनुका साथै स्थानीय जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ।