प्रतिनिधि सभा बैठक सुरु नहुँदै बुधबारसम्मका लागि स्थगित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रतिनिधिसभाको मङ्गलबारको बैठक सुरु नहुँदै स्थगित भएको छ । गृह मन्त्रीको राजिनामा माग गर्दै विपक्षी दलहरुले संसद अरोध गरेपछि सूचना टाँसेर बुधबार सम्मका लागि संसद स्थगित गरिएको हो ।

आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।