संसद बैठक भोलि दिउँसोसम्मका लागि स्थगित

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर अवरोध गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत १२ जेठदेखि बैठक अवरुद्ध पार्दैै आएका छन् ।