
काठमाडौँ । पाठशाला नेपाल फाउण्डेसनले ‘विश्व वातावरण दिवस’को अवसरमा आयोजना गरेको उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगितामा दर्शक आचार्य पहिलो भएका छन् । आचार्यले ‘प्रेम पत्र प्रकृति‘लाई शिर्षकको कबितामार्फत ‘प्रथम’ स्थान हासिल गरेका हुन ।
‘पाठशाला प्रकृति काव्योत्सव : २०८२’ नामक उक्त प्रतियोगितामा उपत्यकाभरीबाट प्राप्त सयौं कविता छनौट गरिएका थिए । ति कबितामध्ये ३० विद्यालयका ५८ कविताबीच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कोटेश्वरस्थित नवज्योती मा.वि., कक्षा १० मा अध्ययनरत बिद्यार्थी आचार्यले ५८ जना प्रतियोगीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका थिए । उनले नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा द्वितिय हुने नेपाल विद्याश्रम बिद्यालयका पङ्कज विनाडी, तृतीय हुने जेम्स स्कूलका सोनियारानी बराल तथा सान्त्वना पुरस्कार प्राप्ती अधिकारी र रोचक रेग्मीले सान्तवनालाई क्रमशः १० हजार, ७ हजार र ५, ५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
आफ्नो कबिता प्रथम भएकोमा खुसी हुँदै आचार्यले कबिता प्रतियोगिता गहकिलो र निश्पक्ष रुपमा सम्पन्न भएको बताए । उनले निश्पक्ष प्रतियोगितामा मुल्यांकन भएको भन्दै आयोजक र निर्णायकलाई धन्यबाद व्यक्त गरे ।
प्रतियोगितामा लिजा विष्टको अध्यक्षता, स्थापित कवि अर्जुन पराजुलीको विशेष आतिथ्य, व्यङ्ग्य कवि लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्य एवं वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानध्यापक अनिता कुमारी तामाङ, कवि मधुस न्यौपाने, कार्यक्रम संयोजक धर्म पोखरेल, लय कोईराला लगायतले दर्शकको कबिता लेखनको प्रशंसा गर्दै साहित्य क्षेत्रमा अगाडी बढ्नका लागि शुभकामना समेत दिए ।
प्रतियोगिताका निर्णायकहरुमा कवि रमेश पौडेल, प्रज्वल अधिकारी र रुपक अलङ्कार रहेका थिए ।



यस्तो दर्शक आचार्यले प्रथम स्थान हासिल गर्न सफल भएको कबिता
