काठमाडौं । स्कटल्यान्डमा जारी आइसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ। लिग २ को चौथो श्रृङ्खलामा नेपालले आज तेस्रो खेल स्कटल्यान्डसँग खेल्ने लागेको हो।
खेल नेपाली समयअनुसार पौने ४ बजे स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा सुरु हुनेछ। यस अघिका दुवै खेल जितेकाले स्कटल्यान्ड र नेदरल्यान्ड्स दबाबमा छन् । पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।
नेपाल अंक तालिकामा हाल नेपाल सातौं स्थानमा रहेको छ। नेपालले १४ खेल सक्दा १० अंक जोडेको हो। स्कटल्यान्ड भने १८ खेलिसक्दा १० खेलमा जित ६ हार र २ खेलमा पराजित हुँदा २२ अंक जोड्दै चौथो स्थानमा रहेको छ।