एजेन्सी
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण ५८ जनाको मृत्यु भएको छ । शनिबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हपार १ सय ३३ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित थपिएका छन् । प्रत्येक दिन ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
सबैभन्दा धेरै संक्रमित केरलामा छन्।
बाँकी ठाउँहरूबाट नमूनाहरू सङ्कलन गरिँदैछ र नयाँ भेरियन्टहरू जाँच हुने क्रममा रहेको छ। यद्यपि डाक्टरहरु यो भाइरस धेरै गम्भीर नरहेको र मानिसहरूले चिन्ता गर्नु नपर्ने भएपनि सावधानी अपनाउन आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठन ले पनि तिनीहरूलाई चिन्ताको विषय मानेको छैन।