अहमदावाद विमान ‘दुर्घटना’मा गुजरातका पूर्वमुख्यमन्त्रीसहित २९७ जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

नयाँ दिल्ली । भारतस्थित गुजरातको अहमदावादमा एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २९७ पुगेको छ । बिहीबार दिउँसो भएको बिमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अहिलेसम्म २ सय ९७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

विमानमा सवार २४१ जना र जहाज बजारिएको होस्टलका ५६ जनासहित २ सय ९७ जनाको ज्यान गएको एयर इन्डियाले जनाएको छ। भारतीय गृहमन्त्री अमित शाहले दुर्घटनास्थलको अवलोकनपछि एक यात्री मात्रै बाँच्न सफल भएको जानकारी दिए । घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् ।

विहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७(८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।

विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतादेखि अमेरिकी, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारसम्मले शोक व्यक्त गरेका छन् ।

सिफारिस