संसद् अवरोध हटाउने बिषयमा माओवादी केन्द्र सहमत, रास्वपाको अडान कायमै

दियोपोस्ट संवाददाता

काठमाडौँ । संसद खुलाउने विषयमा सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका हितराज पाण्डेले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी दुई बुँदे सहमति भएको हो ।

सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षको सहमतिमा विपक्षी रास्वपाले विरोध गरेको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा जेठ १३ देखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।