
काठमाडौँ । युनिग्लोब एसएस कलेज र युनिग्लोब स्पोर्टस् क्लबको संयुक्त आयोजनामा ‘Uniglobe Futsal Frenzy’ को टाइ–शीट ड्र हुने भएको छ । उक्त कलेजले एसइई परीक्षा दिएका विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा ठूलो भनिएको फुटसल प्रतियोगिता गर्न लागेको हो ।
Uniglobe Futsal Frenzy’ को टाइ–शीट ड्र असार ६ गते दिउँसो २ बजे कलेजको सेमिनार हलमा हुने भएको छ । यो वर्षको प्रतियोगितामा देशभरिबाट ११० टिमहरूको सहभागिता रहनेछ ।
प्रतियोगिताका खेलहरू असार ७ देखि ९ गतेसम्म सञ्चालन हुनेछ । एक लाख रुपैयाँ कुल राशी रहेको सो प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने टिमहरूलाई क्रमशः रु ५०,०००, ३०,००० र २०,००० प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षकलाई पनि व्यक्तिगत श्रेणी अन्तर्गत विशेष पुरस्कारहरू प्रदान गरिनेछन् ।
युनिग्लोब एसएस कलेजका अनुसार, Uniglobe Futsal Frenzy’ केवल प्रतिस्पर्धा मात्र नभई युवाबीचको सीप, समन्वय र खेल भावना को साझा उत्सव हो ।
आयोजकले सम्पूर्ण सहभागी टिम तथा समर्थकहरूलाई टाई शीट ड्र कार्यक्रममा उपस्थित हुन आग्रहसमेत गरेको छ ।