
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80
इरानमा इसराइलको हमलासँगै साइबर आक्रमण पनि बढ्न थालेपछि गत साताको बुधबारदेखि देशभरि इन्टरनेट सेवा बन्द गरिएको छ। इन्टरनेट सेवा बन्द भएपछि इरानबाहिर रहेकाहरूले आफ्ना आफन्तहरू सामाजिक सञ्जामार्फत कुराकानी गर्न पाएका छैनन् ।
इन्टरनेट सेवा बन्द गरिए पनि मोबाइल र टेलिफोन सेवा भने सुचारु गरिएको छ । इरानबाहिर रहेकाहरूले सिधै मोबाइल र टेलिफोनमा सम्पर्क गरेर हालखबर सोधिरहेका छन्। त्यसरी फोन गर्नेहरुले अनौठो सन्देश सुनेको भनेर अमेरिकी मिडिया सिएनएनले जनाएको छ। त्यस्तो सन्देश मोबाइलमा फोन गर्दा मात्रै सुनिएको बताइएको छ।
सिएनएनले उक्त सन्देशको रेकर्ड गरेको छ। सन्देश करिब ९० सेकेन्ड लामो छ।
गत बुधबार इरानमा साइबर हमला गरी करोडौंको डिजिटल सम्पत्ति चोरी भएपछि इन्टरनेट ब्ल्याकआउट गरेको थियो।त्यतिबेला इरानको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘नोबिटेक्स’माथि साइबर हमला गरेर ९ करोड डलरभन्दा बढीको डिजिटल सम्पत्ति चोरी भएको थियो।
उक्त घटनामा इसराइली समर्थक ह्याकरहरूको समूह-प्रेडेटरी स्प्यारो (गोन्जेश्के दारान्दे)ले जिम्मेवारी लिएको थियो।