युनिग्लोब ‘एसईई फुटसल फ्रेन्जी २०२५’ को उपाधि ब्रदरहुडलाई

दियोपोस्ट संवाददाता  

काठमाडौं । तीनदिन देखि राजधानीमा जारी ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२५’को उपाधि ब्रदरहुड फुटबल क्लवले जितेको छ । युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको देशब्यापी फुटसल प्रतियोगितामा १ सय १४ टिमलाई पछि पार्दै ‘ब्रदरहुड’ले उपाधी जितेको हो ।

प्रतियोगितामा ‘मनकामना फुटबल क्लव’ दोस्रो र ‘एल.फ.सी’ ग्रुप तेस्रो भएको युनिग्लोव माध्यमिक विद्यालयका इसिए-सिसिए संयोजक एन.बी. गुरुङले जानकारी दिए । प्रतियोगितामा विजेता टिमलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्रदान गरिएको उनले बताए ।

प्रतियोगितामा दोस्रो हुने मनकामना फुटबल क्लवले ३० हजार रुपैयाँ र तेस्रो हुने एल.फ.सी ग्रुपले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको संयोजक गुरुङले जानकरी दिए ।

खेलमा ‘मनकामना फुटबल क्लव’का समिर गोलेले ‘बेस्ट किपर’ अवार्ड प्राप्त गरे । त्यस्तै, ‘ब्रदरहुड फुटबल क्लव’का खेलाडी लक्ष्मण मगरले ‘मोस्ट भ्यालुयबल प्लेयर’ अवार्ड प्राप्त गरेका थिए ।

माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइमा बसेका बिद्यार्थीलाई लक्षित गरि हरेक वर्ष खेल प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी दिए । कमलादीस्थित युनिग्लोबको आफ्नै फुटसल कोर्टमा आयोजना गरिएको प्रतियोगिमा देशैभरका विभिन्न विद्यालय तथा इन्स्टिच्युटहरूबाट कुल १ सय १४ समुह सहभागि थिए ।

प्रतियोगिताको पहिलो दिन ४३ टिम, दोस्रो दिन ४० र तेस्रो दिन ३२ टिमबीच प्रतिस्पर्धा गराइएको आयोजको भनाई छ ।

सिफारिस