बैतडी, १९ जेठ । पानी ट्याङ्कीमा खसेर दार्चुलाको भगवती–९ का करवीरसिंह धामीकी ६ वर्षीया छोरी लक्ष्मी धामीको मङ्गलबार ज्यान गएको छ ।
स्थानीय राष्ट्रिय मावि ठिङमा कक्षा १ मा अध्ययनरत धामी विद्यालयवाट फर्किरहेका बेला एक्कासि सिँचाइको पानी ट्याङ्कीमा खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।