काठमाडौ १९ जेठ । विश्वकै लामो र गहिरो सुरुङ मार्ग आधिकारिक रुपमा खुला हुने भएको छ । ५७ किलोमिटर लामो उक्त सुरुङ मार्ग बनाउन सुरु गरेको करिब दुई दशक पछि स्विजरल्याण्डमा खुला गर्न लागीएको हो ।
खर्बौ अमेरिकन डलरको यो प्रोजेक्ट स्विस सरकाले आफ्नै लगानीमा निर्माण गरेको हो ।
तीब्र गतिमा सञ्चालनका लागि खुला गरिएको उक्त मार्ग उत्तरी स्विस आल्पस र दक्षिणि युरोपलाई जोड्नेछ । योभन्दा पहिला विश्वको सबैभन्दा लामो जापानमा रहेको ५३.९ किलोमिटर लामो सेईकान सुरुङ मार्ग थियो ।