इन्डोनेसियामा शक्तिशाली भूकम्प

diyopost.com
bestnp   बिहिबार, जेठ २०, २०७३ | ७:१०:०३

जकार्ता, २० जेठ । बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियमा शक्तिशाली भूकम्प गएको समाचार छ ।

पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।

उक्त भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पबाट केही व्यक्ति घाइते भई अस्पताल पु¥याएको बताइएको छ ।

तर यसबाट मानवीय क्षतिको कुनै समाचार भने प्राप्त भएको छैन । पश्चिमी इन्डोनेसियालाई नै सन् २००९ मा गएको भूकम्पबाट एक हजार भन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

यस प्रकोपपछि सुनामीको चेतावनी भने आएको छैन ।

 

सम्बन्धित खबर