महाकाली नदीमा महिलाको शव फेला

दियो पोस्ट  

कञ्चनपुर, २० जेठ । कञ्चनपुरको ब्रह्मदेव नजिक महाकाली नदीमा आज अन्दाजी ६५ वर्षीया महिलाको शव फेला परेको छ ।

नदीको भारततर्फको किनारामा शव बगेर आउँदै गरेको अवस्थामा देखिए पछि भारतीय प्रहरीले शवबारे नेपाल प्रहरीलाई खबर गरेको हो ।

नेपाली महिलाको शव बगेर आएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायब निरीक्षकको संयोजकत्वमा टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए ।

“बगेर आएको महिलाले हातमा बाला लगाएको र कानमा सुनको गहना रहेको टोलीले खबर गरेको छ” उनले भने । स्थानीय बासिन्दाले फेला पारेको शव त्यस क्षेत्रको नभएको बताएकाले पहाडी क्षेत्रबाट शव बगेर आएको हुनसक्ने उनले बताए ।