नयाँ शक्तिको आक्रमक प्रचार, आफ्नै फोटो हटाएरै लागि परे बाबुराम

दियो पोस्ट  

काठमाडौं, २० जेठ । आउँदो जेठ ३० मा राजधानीमा हुने जनसभाको लागि नयाँ शक्ति नेपालले भव्य तयारी गरेको छ । नयाँ पार्टी घोषणा सभालाई व्यापक बनाउनको लागि नयाँ शक्तिले प्रचार नीतिलाई समेत आक्रमक बनाइएको छ । सामाजिक सञ्जालमा उनीहरुले ‘जेठ ३० मा खुल्लामञ्च जाउँ’ भन्ने नारालाई व्यापक बनाएका छन् ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्राफाईल तस्बिर परिवर्तन गरेका छन् । ‘जेठ ३० मा काठमाडौं दशरथ रङ्गशाला पुगौं । पार्टी घोषणा सभामा सहभागी बनौं,’ लेखेको तस्विर उनको प्रोफाईलमा राखिएको छ । अधिकांश कार्यकर्ताले यसै गर्दै आएका छन् ।
नयाँ शक्तिका प्रचार विभागमा रहेका एक नेताका अनुसार सबै कार्यकर्तालाई सामाजिक सञ्जालमा व्यापक प्रचार गर्न उर्दी नै गरिएको छ । वातावरण प्रदुषण हुने भन्दै ब्यानर पम्पलेट भने बनाइएको छैन । ‘हामी स्वच्छ र सफा काठमाडौंको अभियानमा छौं । हामीले ग्रिन काठमाडौं, क्लिन काठमाडौं अभियान पनि गरिरहेका छौं,’ ती नेताले भने, ‘यस्तो अवस्थामा हामी आफै नियमको उलंघन गर्दैनौं । हामी हाम्रो कार्यक्रमलाई सामाजिक सञ्जालको प्रयोगद्वारा व्यापक बनाउने छौं ।’

TATA ADD

सिफारिस