प्रहरी र स्थानियबासीबीच भिडन्त हुँदै गर्दा मध्यरातमा गोलि चल्यो, एसपीसहित १४ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं, २१ जेठ । स्थानियबासीको आक्रमणबाट भारतको उत्तर प्रदेश स्थित मथुरामा एक एसपी सहित १४ जनाको मृत्यु भएको छ । सर्वसाधरणले जमिन अतिक्रमण गरेको भन्दै सरकारी प्रहरीले खाली गराउन बल प्रयोग गरेको थियो ।
प्रहरी र स्थानियबासीबीच झडप हुँदैगर्दा एक्कासी गोली चलेको थियो । गोली लागेर एसपी मुकुल द्विवेदी, सन्दोष यादव सहित १४ जनाको मृत्युभएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।

Mukul-dwide

मुकुल द्विवेदी


स्थानिय प्रशासनका अनुसार जवाहरबाग क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेको बस्तिमा ‘आजाद भारत बिधीक वैचारिक सत्याग्रही’ नामको संगठनको प्रभाव छ ।

सुरक्षा स्रोतले सोही समुहले गोली चलाएको आशंका गरेको छ । स्थानियबासीलाई उक्त स्थान छोड्नको लागि अदालतले आदेश दिएको थियो । सोही आदेश कार्यन्वयनको लागि प्रहरी राती १२ बजे सो स्थानमा पुगेको थियो ।