अविवाहित हुँ तर ब्रम्हचारी होईन : नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं, २२ जेठ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू ब्रह्मचारी नभएको बताएका छन् । टेलिभिजन पत्रकार नारायण पौडेलसँगको अन्तर्वार्ताको क्रममा उनले यौन अनुभवबारे सार्वजनिक गर्न जरुरी नभएपनि आफू ब्रम्हचारी भने नभएको बताएका हुन् ।
श्रेष्ठले आफूले विवाहा नगर्ने निर्णयमा पुगेको समेत दाबी गरेका छन् ।
‘तपाईं ब्रम्हचारी नै हो ?’ पत्रकार पौडेलले गरेको प्रश्नमा उनी अक्मकिएका थिए । ‘यो कस्तो प्रश्न गर्नुभयो, हैन म अविबाहित हुँ,’ अफ्ठ्यारो मान्दै उनले भनेका छन्,‘यौन सम्बन्धबाट परलाई ब्रम्हचारी भन्ने चलन छ, त्यो भन्दा पनि दार्शनिक रुपले गम्भिर अर्थ छ ब्रम्हचार्यको त्यसकारण म ब्रम्हचार्यमा छु भन्न सक्दिनँ ।’
‘तपाईंसँग यौन अनुभव छ की छैन ?’ पौडेलेको प्रश्नमा उनको उत्तर आउन केही समय कुर्नु परेको थियो । ‘यौन अनुभवको सार्वजनिक चर्चा गर्नुपर्ने आवश्यकता म ठान्दिनँ,’ हाँसो गर्दै उनले भनेका छन्, ‘यौन मानविय जीवनको महत्वपूर्ण अंग भएका कारणले मानिसहरुले चर्चा गर्नुलाई म अनौठो मान्दिनँ तर यो नितान्त व्यक्तिगत मामला हो ।’
आफूलाई महिला साथीको अभाव नरहेको समेत उनले बताएका छन् । श्रेष्ठले आफूलाई जसले भेटेपनि विवाहा गर्न दबाब दिने गरेको समेत खुलासाा गरेका छन् । ‘पहिले अध्यक्ष कमरेडले र सिता भाउजुले धेरै भन्नुहुन्थ्यो,’ उनले भने, ‘पछाडी मैले विवाहा नगर्नेमा नै दृढ रहेपछि उहाँहरुले पछिल्लो कालखण्डमा त्यो कुरा छोड्नुभएको छ । तर पनि भन्नुहुहुन्छ अहिले त ठीकै छ पछाडी गएर गाह्रो हुन्छ है ? त्यसो भन्दा कहिलेकाँही झसक्क पार्छ ।’
बादल र बादलको सम्बन्ध निकै घनिष्ट रहेको समेत उनले दाबी गरेका छन् ।
उनको अन्तर्वार्ता यस्तो छ ।