बाढीको उच्च जोखिममा मोरङको मधुमल्लावासी

दियोपोस्ट संवाददाता

मोरङ, २२ जेठ । मोरङको मधुमल्लास्थित बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यसवर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका छन् । बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् ।

मधुमल्ला–५ स्थित बेतेनीमा बक्राहा खोला बाँध फुटाएर आज बिहान गाउँ पसेको छ । उच्च पहाडी भेगमा भारी वर्षा भएसँगै खोलामा आएको बाढी बिहान ५ बजे बाँध फुटाएर गाउँमा पस्दा सात घर डुबानमा परेका छन् ।
खोला गाउँ पसेपछि त्रसित स्थानीयवासिन्दाबीच भागदौडसमेत मच्चिएको थियो । कमजोर तटबन्धका कारण बाँध फुटाएर खोला बस्तीमा पसेको स्थानीयवासीको भनाई छ ।

सम्बन्धित खबर