९६ वर्षको उमेरमा स्नातक गर्ने जापानी

९६ वर्षको उमेरमा स्नातक गर्ने जापानी

टोकियो, २२ जेठ । एकजना जापानी नागरिकले ९६ वर्षमा बिए पास गरेर बिए पास गर्ने विश्वको सबैभन्दा बढी उमेरको व्यक्तिको नयाँ कीर्तिमान राखेका छन् । उनले जापानको क्योतो विश्वविद्यालयबाट हालैमात्र सेरामिक कला विषयमा स्नातक पास गरेका थिए ।

९६ वर्षमा स्नातक गरेका उनलाई गिनीज वल्र्ड रेकर्डले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रुपमा प्रमाणपत्र प्रदान गरेको सञ्चारमाध्यमले जनाएको छ ।

उनी सन् १९१९ मा हिरोसिमामा जन्मिएका थिए । सो कोर्ष पूरा गर्न उनलाई११ वर्ष लागेको बताइएको छ । सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय रुपमा काम गरिहरने हुन्छन् । एएफपी

Trending News