
काठमाडौँ, २२ जेठ । रञ्जिता लामिछाने (नाम परिवर्तन)का बाबु रातमा घरमा आएका पाहुना लिएर सँगै सुते । भूकम्पले चर्किएको घर सँगै अर्को पनि घर थियो । चर्किएको घरमा पाहुनासँगै आफू पनि निदाए । भूकम्पपछि बनेको नयाँ घरमा उनकी छोरी रञ्जिता सुतेकी थिइन् ।
रात छिप्पिसकेको थियो । सबै जना मस्त निद्रामा थिए । रातको करिव ३ बजेको हुँदो हो । निद्रामा रहेकी रञ्जितालाई अकस्मात कसैले मुख छोपेर अठ्यायो । उनी आत्तिएर उठ्न खोजिन् तर सकिनन् ।
उनलाई अठ्याउने व्यक्तिले जवर्जस्ती रञ्जिताको तलको लुगा फुकाल्याे र उनको अस्मिता लुट्यो । उनी चिच्याइन् । मध्यरातमा छोरी चिच्याए पछि बाबु बिष्णु बहादुर लामिछानेको निन्द्रा भंग भयो । उनी उठे । सँगै सुतेका पाहुना ओछ्यानमा थिएनन् ।
उनी छोरी चिच्याएको आवाज पछ्याउँदै अर्को घरमा गए । त्यहाँ उनै पाहुनाले आफ्नै छोरीमाथि जबरजस्ति गरिरहेका थिए । विष्णु बहादुरको होस् उड्यो आफ्नै अगाडी छोरीको अस्मिता लुटिइरहेको दर्दनाक दृष्यले उनी आक्रोशित बने र झम्टिए ।
बलिष्ठ शरीरका ती ‘पाहुनाले विष्णु बहादुरलाई नै लतारेर भागे । ‘गुहार.. गहार…’ भन्दै दर्जनौँ पटक चिच्याए तर कोही आएनन् । उनको आँखै अगाडी छोरीमाथि जबरजस्ती करणी गर्ने व्यक्ति फरार भए । आफू अघिल्तिर छोरीको चित्कार थियो विष्णु बहादुरले छोरीलाई सम्हाल्न पुगे । छोरी आँखा छोपेर रुन थालिन् ।
०००
यही जेठ १४ गते धादिङ ज्वालामुखि गाउँपालिका २ (परिवर्तित ठेगाना) घर भएकी १६ वर्षीया बालिकामाथिको यो दर्दनाक घटना कुनै काल्पनिक कथा होइन । बालिकामाथिको वास्तविक ज्यादतीको घटना हो ।
अनौठो त के छ भने जबरजस्ती करणीमा वडाध्यक्षकै चालक सम्लग्न रहेपनि हालसम्म पक्राउ परेका छैनन् । गजुरी गाउँपालिका वडा नम्बर ८ किरान्चोकका वडाध्यक्ष राजकुमार ढुङ्गानाका डोजर चालक भएकैले प्रहरीले पक्राउ गर्न सकेको छैन । यद्धपी वडाध्यक्ष ढुङ्गानाले भने आफ्नो डोजर नभएको र जबरजस्ती करणीको आरोपी आफ्नो चालक समेत नभएको बताए ।
घटना हुनु भन्दा केही दिन पहिलेदेखि गाउँमा मोटर बाटो खनिएको थियो । बाटो खनेको अन्तिम दिन १४ गते बेलुकी बाटो खन्ने टिम र अन्य गाउलेहरु मिलेर कुखुरा काटेर भोज गर्ने सल्लाह भयो । बाटो खनेको खुसीमा राती अबेर सम्म डोजर चालक र गाउलेहरुले भोज गरेका थिए ।
रात निकै छिप्पिसकेको हुँदा भोजमा सहभागी ३१ वर्षीय डोजर चालक हरिकृष्ण बस्नेत विष्णु बहादुरको घरमा सुत्न आएका थिए । भूकम्पले चर्किएको घरसँगै बिष्णु बहादुरको अर्को राहतको पैसाले बनेको अर्को सानो घर थियो ।
नयाँ घरमा छोरी रञ्जिता सुतेकी थिइन् । रञ्जिताका बाबुले चालक बस्नेतका लागि पुरानो घरमा सुत्ने व्यवस्था मिलाएर आफु पनि त्यही सुतेका थिए । तर बस्नेतले आफ्नै छोरी माथि यस्तो गर्लान् भन्ने उनले सोँचेका थिएनन् । ‘जे सोचेको थिइन, त्यही भयो, त्यो बस्नेतले मेरो छोरीमाथि बलात्कार गर्यो’, बिष्णु बहादुरले आफ्नो पीडा सुनाए । घटना भए लगत्तै उनले सबै गाउलेलाई घटनाबारे जानकारी गराए । तर २÷४ जना बाहेक कोही पनि उद्धारका लागि त्यहाँ आएनन् ।
यता, आरोपी बस्नेतले काठमाडौँमा बस्ने पीडितका दाजु रन्जन लामिछाने (नााम परिवर्तन) लाई फोन गरि बाबुले रक्सी खाएर आफुमाथि झुटो आरोप लगाएको र पीडित रञ्जिता नै चरित्रहिन भएको बताएका थिए । पीडितका दाजुले आरोपी बस्नेतको कुरामा विश्वास गरेनन् र अवस्था बुझ्नका लागि उनी आफै घरमा आएका थिए ।
रातमा आफ्नै छोरीमाथि भएको जबरजस्ती करणीको कारण बिछिप्त बनेका बिष्णु बहादुरले १५ गते बिहानै इलाका प्रहरी कार्यालय गजुरी पुगेर जवर्जस्ती करणी भएको भनि उजुरी दिए ।
तर किटानी जाहेरी दिएको ८ दिन बितिसक्दा पनि अभियुक्त बस्नेतलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पक्राउ गर्नका लागि प्रहरी युनिट खटिएको भए पनि पक्राउ नपर्नुमा अभियुक्तलाई माथिबाटै संरक्षण गरिएको हुन सक्ने पीडितको आरोप छ ।
पीडित बालिकालाई यतिबेला प्रहरीको उद्दारपछि सिविन नामक संस्थाको संरक्षणमा राखिएको छ ।
अभियुक्त बस्नेत पहुँचवाला ब्यक्ति भएका कारणले पनि उनी पक्राउ पर्न नसकेको पीडितका दाजुले बताए ।
याे पनि पढ्नुहाेस्