नेहा कक्कड लाइभ ‘शो’ टिकटमा ‘ठगीकाण्ड’ : को–को थिए ठगीमा पक्राउ परेका अभियुक्त !

दियोपोस्ट संवाददाता

काठमाडौं, २४ जेठ । भारतीय कलाकार बलिउड गायीका नेहा कक्कडलाई सुन्न र हेर्नका लागि काठमाडौंका भानु गाट्सबेले ५ हजारको भिआइपी टिकट किने । दक्षिण एशियाको ठूलो नाइट क्लबको रुपमा दाबी गर्दै आएको ठमेल स्थित क्लब लर्ड अफ ड्रिङ्क्समा उनी शनिबार साँझ ७ बजे नै पुगे । तर उनी गेटबाट भित्र प्रवेश गर्न पाएनन् । उनी मात्रै होइन अन्य सयौँ दर्शकले टिकट त किने तर भित्र प्रवेश गर्न भने पाएनन् । भित्र प्रवेश गर्न नपाएपछि तनावपूर्ण बन्यो । प्रहरीले एलओडीको गेटमै लाठी चार्ज गर्यो ।


नेहा कक्करलाई हेर्न र गीत सुनेर रमाईलो गर्न पुगेका दर्शक प्रहरीको लाठी खाएर घर फर्किए । आयोजक संस्था पारामाउन्ट इन्टरटेनमेन्टले क्षमता भन्दा धेरै ग्राहकलाई टिकट बेचेको विषयमा दियोपोस्टले कार्यक्रम हुनुभन्दा अघिल्लो दिन नै खबर छापेको थियो ।


यसरी सर्वसाधरणलाई ठगी गरेको आरोपमा प्रहरीले कार्यक्रम स्थलबाटै ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये २ जना एलओडीका कर्मचारी थिए । एलओडीले स्थान उपलब्ध गराएको तर क्षमताभन्दा बढी टिकट बेच्ने काम भने प्यारामाउन्ट फाउन्डेशनले गरेको पाइएपछि प्रहरीले एलओडीका कर्मचारीलाई अगाडी नै रिहा गरेको बताइएको छ ।


तर प्यारामाउन्ड फाउन्डेशनका दिपक घिमिरेलाई आईतबार साँझसम्म हिरासतमै राखिएको थियो । साँझमा प्रहरीले मुख्य आयोजक भनिएका जनार्जन ढुङ्गेललाई पनि पक्राउ गरेको थियो ।

पक्राउ परेका ढुङ्गेल र घिमिरेले टिकटको पैसा फिर्ता गर्छु भनेपछि सोमबार हाजिर हुनेगरी जमानीमा रिहा गरिएको पाइएको छ ।

दिपक घिमिरे कलाकारीतामै क्रियाशिल छन् । उनी निकटहरुका अनुसार घिमिरे मोडल हुन् । अर्का ढुङ्गेल भने नेपाली सेना र प्रहरीको ‘मिडिल क्लास’ का ठेकेदार हुन् । कुनै समय नेपाली सेनाको हवल्दार समेत बनेका उनी जागिर छोडेर भागेको समेत प्रहरी स्रोतले बतायो ।


‘टिकटको रकम फिर्ता गर्छु भनेपछि हाजिरी जमानीमा रिहा गरिएको हो,’ महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र वोगटीले दियोपोस्टसँग भने ।


प्रहरीले एलओडीमा १८ सय जनाभन्दा बढी क्षमता नभएकाले त्यतिमात्रै टिकट काट्न भनेको तर प्यारामाउन्ट फाउन्डेशनले नेहाको नाममा कमाउधन्दा चलाएपछि प्रहरीले एक्सन लिएको थियो ।
प्यारामाउन्टका दिपक घिमिरे एलओडीका २ जना पक्राउ पर्दा यता मुख्य अभियुक्त भनिएका जनार्जन घिमिरे भने सम्पर्क विहिन भएका थिए ।

याे पनि पढ्नुहाेस्

नेहा कक्कर ल्याउने भन्दै कमाउधन्दा : १२ सय क्षमता भएको एलओडीमा ३ हजार जना टिकट विक्री !

सम्बन्धित खबर