पास्नीमा भोज खाएपछि धादिङको ज्यामरुङमा ३० जना विरामी !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता

धादिङ, ३० जेठ । धादिङको निलकण्ठ नगरपालिका ११ सिम्ले ज्यामरुङमा पास्निको भोज खाएका करिब ३० जना स्थानिय बिरामी भएको छ ।

विरामीमध्ये १६ जनालाई जिल्ला अस्पताल धादिङमा ल्याइँदै गरेको स्थानिय सुजन घलेले जानकारी दिए ।


वडा नम्बर ११ का वडाध्यक्ष तिलक बहादुर थापा मगरले घटनास्थलमा आफू जाँदै गरेको बताए ।
उनले आफूले विरामीको उद्धारका लागि स्थानिय बसलाई सहयोगका लागि बोलाएको बताए ।


वडा सचिव उमेश विष्टका अनुसार घटना ५ बजेअघि नै भएको थियो । यद्धपी वडा कार्यालयमा भने एकघण्टा पछि मात्रै खबर आएको थियो ।

वडासचिव विष्टका अनुसार उनीहरुलाई झाडा बान्ता भएको छ । घटना साविक ज्यामरुङ गाविसको आलेगाउँमा भएको हो ।
केही विरामीलाई स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

याे पनि

पास्नी भोज खाएपछि धादिङको ज्यामरुङमा कोको विरामी परे ? (नामावलीसहित)

सम्बन्धित खबर