पास्नी भोज खाएपछि धादिङको ज्यामरुङमा कोको विरामी परे ? (नामावलीसहित)

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ ३० । धादिङको निलकण्ठ नगरपालिका ११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खान गएका ३० जनाभन्दा बढी स्थानिय विरामी परेका छन् । विहीबार अपराह्न पास्नीको भोज खाएपछि तीस जनाभन्दा बढी व्यक्तिहरु विरामी परेका हुन् ।

विरामी पर्नेहरुमा लाल बहादुर आले, सरश्वती आले, मान्दिरा आले, मानिस आले, कमला गुर्छान, जानुका परियार, सुवास गुर्छान, महेश आले, मञ्जिला आले, सुनिता आले, मनिता आले, रेशम आले, मिश्र आले, विष्णु गुर्छान, सञ्जीत आले, रविना आले, अनुजा तिमल्सीना, अनुस्का तिमल्सिना, शान्ती देवि आले, पुजा खत्री, कमल आले, अन्त कुमारी आले, देव कार्की आले रहेको वडा नम्बर ११ का वडासचिव उमेश विष्टले दियोपोस्टसंग बताएका छन् । यसबाहेक अन्य मानिसहरु पनि विरामी परेका तर उनिहरुको नाम पहिचान नभइसकेको सचिव विष्टले बताए ।

पास्नीमा भोज खाने ब्यक्तिहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने र रिंगटा लाग्ने समस्या देखिएको थियो । घटनाको बारेमा जानकारी हुनासाथ वडाध्यक्ष तिलक बहादुर थापा घटनास्थल पुगेका थिए । विरामी भएका स्थानीयहरुको उद्धारका लागि बस बोलाइएको थियो । बसमार्फत उनिहरुलाई अस्पताल पुर्याएको वडाध्यक्ष थापाले बताए ।

बिरामी परेकाहरुमध्य १६ जनालाई जिल्ला अस्पताल धादिङबेसी ल्याइएको र अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष थापाले बताए ।

सम्बन्धित समाचार

पास्नीमा भोज खाएपछि धादिङको ज्यामरुङमा ३० जना विरामी !

सम्बन्धित खबर