काठमाडौं, १८ जेठ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सोमबार पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगको आफ्नो सम्बन्धबारे बोलेका छन् ।
इन्स्टाग्राममा सोधिएको एक प्रश्नमा कोहलीले भने, ‘विश्वास र सम्मानले हाम्रो सम्बन्ध निर्धारण गर्छ ।’
अघिल्लो वर्ष आर अश्विनसँगको इन्स्टाग्राम च्याटका दौरानमा कोहलीले धोनीको प्रशंसा गरेका थिए ।
सोमबार कोहलीलाई आलोचना या तारिफमध्ये के मनपर्छ भनेर सोधिएको थियो । जवाफमा कोहलीले आफु रचनात्मक आलोचना र वास्तविक प्रशंसाका लागि तयार गरेको भएका थिए ।
जीवन खराब समयमा के कुराले प्रेरित गर्यो रु यसको जवाफमा कोहलीले भनेका छन्, ‘दिनचर्यालाई सह गर्ने परिणामको परवाह नगरी काम जारी राख्ने ।’
कोहलीले मलेसियामा भएको २००८ को यु–१९ विश्वकपमा भारतलाई उपाधि जिताउने क्रममा टोलीको कप्तानी गरेका थिए ।
त्यही वर्ष श्रीलंका विरुद्ध उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । सन् २०११ म वर्षपछि भारतले धोनीको कप्तानीमा विश्वकप क्रिकेटको उपाधि जित्दा कोहलीले मध्यक्रममा ब्याटिङ गरेका थिए ।
उनले यस पहिलो खेलमै बंगलादेश विरुद्ध शतक प्रहार गरेर विश्वकपको डेब्यु खेलमै शतक प्रहार गर्ने पहिलो भारतीय ब्याट्स म्यानको रेकर्ड बनाएका थिए ।
फाइनलमा श्रीलंकाविरुद्ध भारतलाई सहज स्थितिमा पुर्याउने क्रममा उनले गौतम गाम्भिरसँग मिलेर ८३ रनको साझेदारी गरेका थिए, यसक्रममा उनले व्यक्तिगत ३५ रन प्रहार गरे ।
वर्तमान विश्वकै सर्वोत्कृष्ट ब्याट्स्म्यान मानिएका कोहलीले भारतका लागि एक दिवसीय क्रिकेटमा १२ हजार १ सय ६९, टेस्ट क्रिकेटमा ७ हजार ४ सय ९० र टी–२० अन्तर्राष्ट्रियमा ३ हजार १ सय ५९ रन बटुलिसकेका छन् । एजेन्सी