भारतमा २४ घण्टामा कोरोनाबाट ३२ सयभन्दा बढीको मृत्यु

दियो पोस्ट  

काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा भारतमा कोरोनाका १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार नाघेको छ । अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख ३५ हजार १०२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने केरलामा १९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्र तथा कर्नाटकमा नयाँ संक्रमितको संख्या १४ हजारभन्दा धेरै छ ।

अहिलेसम्म भारतमा २१ करोड ८५ लाख ४६ हजारडोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।