ताइपेईविरुद्धको जितपछि नेपालका प्रशिक्षकले भने- यो सुरुवात हो

दियो पोस्ट  

काठमाडौं, २१ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेईविरुद्ध हात पारेको जित अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन्।

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनअन्तर्गत नेपालले बिहीबार राति ताइपेईलाई २–० गोलले पराजित गरेको थियो।

नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए।

प्रशिक्षक अलमुताइरीले जित नेपालका जनता र आफ्नो मुलुक कुवेतका जनतालाई समर्पित गर्न चाहेको बताए। जित एसियन कपमा छनोटका लागि महत्वपूर्ण भएको उनले बताए।

अन्जन विष्टले सुरुवातमा गरेको गोलका कारण हामीले खेलमा नियन्त्रण सक्यौं। यो खेलाडी र कोचिङ स्टाफको कडा परिश्रमका कारण निस्किएको नतिजा हो, उनले भने यो सुरुवात मात्र हो। हामीले अझै दुई खेल खेल्न बाँकी छ।

अब नेपालले जेठ २४ गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।