केपी ओलीका पूर्वस्वकीय सचिव पुष्प बरुवालको निधन !

केपी ओलीका पूर्वस्वकीय सचिव पुष्प बरुवालको निधन !

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव पुष्पबहादुर बरुवालको निधन भएको छ।

कोरोना संक्रमण भएर अमेरिकामा उपचाररत बरुवालको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। झापा कोरोबारी निवासी बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलका प्राध्यापक तथा पाथिभरा विकास समितिका अध्यक्ष समेत रहेका थिए।

केही वर्षदेखि परिवार अमेरिका रहेका कारण गत वैशाखमा मात्रै अमेरिका पुगेका बरुवाल कोरोना संक्रमित भएर अमेरिकामै उपचाररत थिए।

बरुवालका आमा, श्रीमती, दुई छोरा छन्।

Trending News