घरबाट कलम किन्न निस्किएकी १२ बर्षिय बालिका कपनबाट बेपत्ता

दियो पोस्ट  

काठमाडौं, २५ जेठ । काठमाडौंको कपनबाट एक बालिका बेपत्ता भएकी छिन् । सोमबार विहान ७ बजे कपनको मिलनछोकमा कलम किन्न भन्दै घरबाट निष्किएकी १२ वर्षिय गरिमा सेढाई बेपत्ता भएकी हुन् ।


कलम किन्न निस्किएकी छोरी बेपत्ता भएपछि देख्ने व्यक्तिहरुले परिवारलाई खबर गरिदिन उनका परिवारले आग्रह गरेका छन् ।


परिवारका सदस्यले बालिका भटिए ९८४३९५६७८९ वा ९८१३०६४२३६ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।