आँखु खोलामा पौडी खेल्ने क्रममा धादिङवेशीका सुमन श्रेष्ठ बेपत्ता

आँखु खोलामा पौडी खेल्ने क्रममा धादिङवेशीका सुमन श्रेष्ठ बेपत्ता

धादिङ, २६ जेठ । धादिङको टारीबेसीस्थित आँखु खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ घर भएका २६ वर्षिय सुमन श्रेष्ठ बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका संचार शाखका अनुसार उनी साथीहरुसँग पौडी खेल्न टारिबेसी पुगेका थिए । उनको खोजी कार्य भएपनि हालसम्म भेटिएको छैन । प्रहरीले उनको चप्पल मात्रै भेटेको छ । उनी फूटबल खेलाडी समेत रहेको बुझीएको छ ।

Trending News