काठमाडौंमै बन्यो गण्डकी प्रदेशसभा विघटन गर्ने ड्राफ्ट : दोधारमा प्रदेश प्रमुख !

काठमाडौंमै बन्यो गण्डकी प्रदेशसभा विघटन गर्ने ड्राफ्ट : दोधारमा प्रदेश प्रमुख !

काठमाडौं, २९ जेठ । केन्द्रीय राजनीतिमा देखिएको घिनलाग्दो खेल गण्डकी प्रदेशमा समेत देखिएको छ । प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले फेरि बहुमत दावी गर्दै प्रदेश प्रमुख समक्ष गएका छन् ।

उनी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पत्रसहित गएका हुन् । केन्द्रमा प्रधानमन्त्रीमा आफूलाई १ सय ४६ जना सांसदको समर्थन रहेको भन्दै सशरिर राष्ट्रपति कार्यालयमा पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुको सट्टा मध्यरातमा संसद नै विघटन गरिदिएकी थिइन् ।


केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि संसद विघटन गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

शुक्रबार विपक्षी गठबन्धनले सशरीर ३१ सांसद (बहुमत) पुर्‍याएर मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले दिएको समयसीमाको केही छिन अघिमात्रै गुरुङले पनि दावी गरेका थिए ।

प्रदेश प्रमुख सिता पौडेलले प्रधानमन्त्री ओलीकै निर्देशनमा संसद विघटन गर्ने तयारी गरेको स्रोत बताउँछ ।


स्रोतका अनुसार प्रदेश सभा विघटनका लागि काठमाडौंमै ड्राफ्ट तयार पारेर पोखरा पठाइएको थियो । ।

Trending News