काठमाडौं, ३१ जेठ । युरो २०२० अन्तर्गत सोमबार पनि तीन खेल हुँदैछन्। साँझ ६:४५ हुने समूह डी को खेलमा स्टकल्यान्ड र चेक रिपब्लिकबीच खेल हुनेछ।
स्कटल्यान्ड सन् १९९८ को विश्वकपपछि पहिलो पटक मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ।
दोस्रो खेलमा पोल्यान्ड र स्लोभाकिया प्रतिस्पर्धा भिड्दैछन्। रसियाको सेन्ट पिटर्सवर्गमा हुने समूह ई खेल राति ९ :४५ बजे सुरू हुनेछ।
पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले युरो कपमा ९ वर्षपछि गोल गर्न अभियानमा छन्।
उनले पछिल्लो पटक सन् २०१२ मा गोल गरेका थिए। त्यसो त टिममा रहेका खेलाडी मध्ये लेवान्डोस्की मात्र युरो कपमा गोल गर्ने खेलाडी हुन्।
यस्तै राति १२:४५ बजे हुने तेस्रो खेलमा स्पेन र स्विडेन प्रतिस्पर्धा हुनेछ। समूह
इ को यो खेल स्पेनको सेभियामा हुनेछ।
छनोटका दुवै खेलमा स्विडेनविरुद्ध स्पेन अपराजित रहेको थियो। पहिलो खेलमा ३–० को जित निकालेको स्पेनले दोस्रो खेलमा १–१ गोलको बराबरी खेलेको थियो।