आज पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुने : युरोकप

दियो पोस्ट  

काठमाडौं, १ असार । युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ ।

पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।

यसपछि जर्मनी र फ्रान्ससँग खेल्नुपर्ने भएकाले पनि दुबै टोली प्रतियोगिताको उत्कृष्ट सुरुआत चाहन्छन् । पोर्चुगलसँग धेरै स्टार खेलाडी छन् ।

कप्तान क्रिष्ट्रियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलको किर्तिमान बनाउनबाट ५ गोलले पछि छन् ।

उनले अहिलेसम्म १ सय ४ गोल गरिसकेका छन् । (नोटः सार्वधिक अन्तर्राष्ट्रिय गोल ईरानका अली देईको नाममा छ, उनले १ सय ९ गोल गरेका छन् ।)