झाँक्री भन्छिन्,‘ओलीले आज बोलाएको बैठक बालुवाटारवाला गुटको हो भ्रममा नपर्नुहोला’

दियो पोस्ट  

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा स्थायी समिति बैठक बोलाएका छन् । बरिष्ठ नेता माधव नेपाल सहितका नेता सहभागी हुने भन्दै हल्ला चलाइएपनि माधव समुहले उक्त बैठक बहिष्कार गर्ने भएको छ ।

नेपाल समुहकी नेतृ राम कुमारी झाँक्रीले सामाजिक सञ्जालबाटै प्रधानमन्त्री ओलीले बोलाएको बैठकलाई गुटको भेलाको संज्ञा दिएकी छिन् ।


‘बालुवाटारमा बोलाइएको नेकपा एमालेको स्थायी कमिटिको बैठक बालुवाटारवाला गुटको होला । हामीले आजसम्म उठाएका विषयहरुको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरुले भागलिने कुरै आउँदैन,’ झाँक्रीले भनिन्,‘यो बीचमा पार्टी एकताको सकारात्म पहल भएको पनि छैन । केही पनि साथीहरु भ्रममा नपर्नुहोला ।’