युरोकपमा आज कुन कुन टिम भिड्दै छन् ?

दियो पोस्ट  

काठमाडौं, ३ असार । युरोकप फुटबलमा आज (बिहीबार) साँझ ६:४५ बजेदेखि तीन खेलहरु हुँदैछन् । युरोकपको अन्तर्गत आज समूह सीको दुई खेल र समूह बीको एक खेल हुने छन् ।

आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह सीमा रहेको दुई टोलिबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।

युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ । आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह बी बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो भने डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।

३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ भने पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।

आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह सीमा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३१ ले हराएको थियो । एजेन्सी