खोलामा खोप तारेपछि डब्लुएचओ प्रमुखले ‘हिरो’ घोषणा गरेका नेपाली स्वास्थ्यकर्मी को हुन् ?

खोलामा खोप तारेपछि डब्लुएचओ प्रमुखले ‘हिरो’ घोषणा गरेका नेपाली स्वास्थ्यकर्मी को हुन् ?

काठमाडौं, ६ असार । निरन्तरको वर्षापछि मुस्ताङको थासाङ गाउँपालिकास्थित छाप्ताङ खोला बढेर आयो । असार १ गते थासाङको वडा नम्बर १ टुकुचे र २ पोवाङमा कोरोना खोपको दोस्रो डोज लाउने तालिका तय भइसकेको थियो ।

६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बोलाइएको थियो । तर, बाढीका कारण कोल्डस्टोरमा रहेको खोप ढुवानी कसरी गर्ने भन्ने चिन्ताले स्वास्थ्यकर्मी जुक्ती लगाउँदै थिए । न त गाडी तार्न सकिन्थ्यो । अन्ततः चालक र स्वास्थ्यकर्मीले फलामको लठ्ठी अर्थात ठूलो ‘रडकको सहारामा खोपको बाकस तारे । स्थानीय टुकुचे स्वास्थ्य चौकीका प्रमुख डा. सविन केसीले कैद गरे ।

@anjilathakali

लेतेको छापताङ् खोला बढेकोले जेष्ठनागरिकहरूको कोभिड १९ विरूद्ध खोपको दोस्रो डोज ल्याउनको लागि गरिएको सङ्घर्ष (२०७८/०३/०१) । #mustangmuser #fyp #foryou

♬ original sound – 💫_K.p.Rajkumar_😍

स्वास्थ्य कर्मचारी अन्जली थकालीले सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरिदिइन् । शुरुमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले यो भिडियो पोस्ट गरिदियो । नेपाली सञ्चारमाध्यमले यो भिडियोसम्बन्धी समाचार बनाए । शनिबार स्वास्थ्य क्षेत्रको विश्वकै सर्वोच्च संस्था विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसले शेयर गरिदिए ।


‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ महानिर्देशक टेड्रोसले भनेका छन्, ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’


भिडियोमा फलामे रडको सहायतामा खोप बाकस (कोल्डस्टोर) राख्ने डिब्बा खोला तारिएको छ । पिपीई लगाएका एक व्यक्तिले वारीबाट तानिरहेका छन् । पिपीई लगाएका उनी पोवाङ स्वास्थ्य चौकीका स्वास्थ्य सहायक लालबहादुर रोकाया हुन् । र, पारिबाट डण्डीमा राखेर खोप पु¥याइरहेका व्यक्ति एम्बुलेन्स चालक गवन विक हुन् । उनीहरुलाई नै विश्व स्वास्थ्य संगठन प्रमुखले ‘हिरो’ संज्ञा दिएका हुन् ।

पिपीई लगाएका खोलाबीचमा ढुंगामा उभिएर खोप तार्ने ‘हिरो’ रोकाया रुकुम जिल्लाको सानोभेरी गाउँपालिकास्थित सामान्य परिवारमा जन्मे हुर्केका व्यक्ति हुन् । ‘म सामान्य परिवारमा हुर्किएको व्यक्ति हुँ । एचए पढ्न सक्ने क्षमता पनि थिएन । छात्रवृत्तिमा पढेँ,’ रोकायाले दियोपोस्टसँग भने,‘जसोतसो छात्रवृत्तिमा स्वास्थ्य शिक्षासम्म हासिल गरेँ । तर स्थायी जागिर वा कामको कुनै ठेगान भएन । ०७६ चैत्रदेखि नै यहाँ करारमा कार्यरत छु ।’


उनी पोवाङ स्वास्थ्य चौकीमा ५ औँ तहमा हेल्थ असिस्टेन्ट (एचए)को रुपमा कार्यरत छन् ।

उनी २ वर्षअघि कार्तिकमा मुस्ताङमा आएका थिए । मुस्ताङ आएदेखि घर फर्कन नपाएको उनको गुनासो छ । ‘यहाँ आएको २ वर्ष पुग्न लाग्यो । अझै आफ्नो घर गएको छैन । यहाँ आफुले सक्ने सबै काम गर्दै आएको छु । जस्तोसुकै परिस्थितीमा पनि आफुँ फ्रन्टलाइनमा नै रहेर काम गर्छु,’ लाल बहादुरले टेलिफोनमा सुनाए ।


यसअघिको कोरोना कालमा पनि उनले फ्रन्टलाइनमा बसेर काम गरेको उनले सुनाए । उनका अनसार असार १ गतेबाट ६० वर्षमाथिका बृद्धबृद्धा लागि दोश्रो चरणको खोप लगाउने भनिएको थियो ।

सोही अनुरुप नै पोखराबाट आएको खोप गाउँपालिकाले १ गते नै स्वास्थ्य चौकीसम्म पुर्याउने वाचा गरेको थियो । तर, अविरल वर्षाका कारण खोलामा बहाव बढ्यो । र, गाउँपालिकाको गाडी आउन सकेन । त्यसपछि लालबहादुर लगायतको स्वास्थ्यकर्मीहरुले जुक्ती लगाएर खोलाबाट खोप तारेका थिए । ‘प्राकृतिक विपत बेलाबेला आइरहन्छ । यहाँ दिर्घकालिन हिसाबले सोच्नुपर्छ,’ उनले भने,‘सम्बन्धित निकायले नै सोच्नुपर्छ भन्ने लाग्छ ।’

Trending News