काठमाडौं, ८ असार । युरो २०२० मा आज समूह डी का अन्तिम दुई खेल हुँदैछन्।
लन्डनमा चेक गणतन्त्र र घरेलु टिम इंग्ल्यान्ड तथा ग्लाजगोमा घरेलु टिम स्कटल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल राति १२स्४५ बजे हुनेछ।
समूहमा चेक ४ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको इंग्ल्यान्डको पनि ४ अंक नै छ। तेस्रो स्थानको क्रोएसिया र स्कटल्यान्डको समान १–१ अंक छ।
चेक र इंग्ल्यान्डलाई अन्तिम १६ मा पुग्न बराबरी खेले पुग्छ। बराबरी खेले दुवै टिम अन्तिम १६ मा पुग्नेछन्।
हार(जित भएको अवस्थामा भने जित्ने टिम अन्तिम १६ मा पुग्नेछ। हार्ने टिमले अर्को खेलको नतिजामा भर पर्नु पर्नेछ।
स्कटल्यान्ड र क्रोएसिया दुवैले लागि चेक र इंग्ल्यान्डबीचको खेलमा बराबरीको नतिजाको कामना गर्नेछैनन्। किनभने बराबरीले दुवै टिम अन्तिम १६ मा नपुग्न सक्छन्।
त्यसैले अर्को खेलमा जित(हारको नजिता आएको अवस्थामा यो खेल जित्ने टिम अन्तिम १६ मा पुग्नेछ।
खेल बराबरीमा सकिए भने दुवै टिम अन्तिम १६ मा पुग्नेछैनन्। यद्यपी क्रोएसियाले तेस्रो टिम बनेर अन्ति १६ मा पुग्ने आस गर्न सक्छ।