अमेरिकाको टेक्सासमा ट्रकभित्र ४६ नागरिक मृत अवस्थामा भेटिए !

दियो पोस्ट  

काठमाडौं । टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा ट्रकभित्र ४६ नागरिक मृत अवस्थामा  फेला परेका छन् ।
स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूaमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ। द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका छन् ।

अमेरिकामा बन्दुकबारे कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ।

मतृकहरू आप्रवासीहरू भएको आशंका गरिएको छ । तर, हालसम्म कुन देशका नागरिक हुन् भन्ने कुरा खुल्न सकेको छैन ।