नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि सुरु, ६० करोड बजेट विनियोजन

diyopost.com
दियो पोस्ट  शुक्रबार, आषाढ २४, २०७९ | १८:३५:०६

काठमामडौं । आगामी २८ असोजबाट कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगित निर्धारित समयमै सम्पन्न हुने भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले तोकिएको समयमै हुने बताएका हुन् । कोभिडका कारण लामो समयदेखि रोकिएको थियो । शुक्रबार बसेको बैठले आठ निर्णय गरेको छ । प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत समेत गरेको छ ।

प्रतियोगिता आयोजनाको लागि गण्डकी प्रदेशको पोखरामा भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको खेलकुद मन्त्री गहतराजले बताए ।

बैठकमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, सात प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा तीन ओटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागिता रहेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन गरी ११ टिमले सहभागीता जनाउने छन् ।

मुख्य निर्णयहरु
१. आगामी असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने ।
२. प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने ।
३. प्रतियोगिताकालागि १४ वटा उपसमिति गठन गर्ने ।
४. प्रतियोगितामा सात प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।
५. प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिस्पर्धा गराउने ।
६. नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफी निर्माण गरीने, र उक्त ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा भ्रमण लैजाने ।
७. लगातार तिन वटा प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरीने ।
८. प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत

सम्बन्धित खबर