ज्वालामुखि ४ का वडाध्यक्ष गुरुङ्ग भन्छन्,‘प्रकाश दुवाडीले कार्यसम्पन्नको फर्जी कागजात ल्याएका थिए’

दियो पोस्ट  

धादिङ्ग । धादिङ्गको ज्वालामुखि गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण गुरुङ्गले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

प्रकाशित समाचारले आफ्नो विषयमा गलत सन्देश गएको भन्दै उनले लिखित रुपमै खण्डन पठाएका छन् ।
गत साउन ३ गते ‘ज्वालामुखि ४ का वडाध्यक्ष कृष्ण बहादुर गुरुङ्ग विवादमा : राज्यलाई ५० लाख हानी पुर्याएको खुलाशा भन्ने शिर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचाले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै गुरुङ्गले प्रारम्भ एग्रोभेटका मालिक प्रकाश दुवाडीले ग्रिन हाउसले निर्माण सम्पन्न नै नभई विभिन्न कागजात पेश गरेको र सोही कागजातका आधारमा आफूले सिफारिस दिएको उनले बताए ।

गुरुङ्गका अनुसार दुवाडीले कृषी ज्ञान केन्द्रबाट स्वीकृत साझेदारीमा आधुनिक फलफूल, नर्सरी विकास तथा विस्तार कार्यक्रम अन्तर्गत सुन्तलाजन्य बोट विरुवाहरुका लागि ज्वालामुखि ४ मा निर्माण गरिएको संचनाको कार्यसम्पन्न प्रमाण पत्र माग गरेका थिए ।

दुवाडीले कार्यसम्पन्न नै नभई कार्यसम्पन्न प्रमाण पत्र मागेको र स्थानियलाई सजिलोको लागि आफूले सिफारिस गरिदिएको तर, पछि निरिक्षण गर्दा कार्यसम्पन्न नभएको उनले स्विकार गरेका छन् ।

प्राविधिक स्टिमेट अनुसार काम भयो भएन भन्ने र हेर्ने अधिकारीक व्यक्ति आफू नभएको र आफूले सिफारिस सम्म दिएको उनको भनाई छ । सिफारिस गरेबापत आफू कुनैपनि आर्थिक मामलामा समलग्न नभएको उनको भनाई छ ।

सम्बन्धित खबर